मुख्य समाचार

उम्मेदवारी नदिएको हो सन्यास लिएको होइन : बिजुक्छे

By थाहा अनलाइन

November 03, 2017

सैघाली खबर, भक्तपुर,१७ कात्तिक –। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा चुनावका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको बताउनुभएको छ ।

रफत सञ्चार क्बलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताउनुभयो ।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाउनुभयो ।

गठबन्धनले गर्दा देशमा दुई पार्टीका रुपमा देखिने चर्चा गर्दै उहाँले दुई पार्टीका रुपमा राजनीतिक दल आए झनै राजनीति भद्रगोल हुने बताउनुभयो । उहाँले ‘थ्रेसहोल्ड’ले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने भन्दै थ्रेसहोल्डकोे विरोध गर्नुभयो ।