श्वेताको ‘कान्छी’ मा नाचे दयाहाङ



 

सैघाली खबर,
काठमाडौं, १७ – कात्तिक।अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को लोकलयमा आधारित गीत ‘चरी चट्ट परी’ युट्युबमा सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको शब्दरचना रहेको यो गीत युट्युबमा राखिएको २४ घण्टामै ३ लाखभन्दा बढी पटक हेरिएको छ । यस गीतलाई गाएका छन् राजनराज शिवाकोटी र अन्जु पन्तले ।
थुपै चलचित्रमा अभिनय गरिसकेका दयाहाङ राईलाई यो गीतमा भने मज्जैले नाचेको देख्न सकिन्छ । आफूलाई नृत्य गाह्रो लाग्ने बताउने दयाहाङलाई चलचित्र ‘कान्छी’ मा भने कोरियोग्राफर बसन्त श्रेष्ठले मज्जाले नचाएका छन् ।

श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी श्वेता आफ्नै चलचित्र ‘कान्छी’ बाट चलचित्र क्षेत्रमा फर्केकी छिन् । आकाश अधिकारीको निर्देशन रहेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु रशाह, कमलेश्वर चौरसिया, निर शाह, भूमिका श्रेष्ठ, सुजल गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

शिव श्रेष्ठ र शर्मिला मल्ल अभिनित चलचित्र ३३ वर्षअघि नै बनेको थियो । त्यही चलचित्रको नाम सापटी लिएर नायिका श्वेता खड्का चलचित्र ‘कान्छी’ बनाएकी हुन् । चलचित्र आउँदो माघ २६ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्