सल्यानमा साँस्कृतिक कार्यक्रम हुने



सैघाली खबर,
सल्यान १७(कार्त्तिक ।
सल्यान जिल्लाको कपुरकोट( ६ छायाँनाथमा यही कार्त्तिक २१,२२,२३ गते तीन दिने साँस्कृतिक कार्यक्रम हुने भएको छ । छाँयानाथ मेल विशेष साँस्कृतिक कार्यक्रम नाम दिइएको उक्त मेलाको मुख्य आयोजक डि एल डान्स एकाडेमी रहेको छ भने सह(आयोजकमा श्री भवानी मावी छायाँनाथ सल्यान र शान्ति युवा क्लब छायाँनाथ सल्यान रहेका छन ।

उक्त कार्यक्रममा बिभिन्न स्थानीय तथा राष्‍ट्रीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

उक्त कार्यक्रममा पुष्कल शर्मा, तिलक वली , भावना मगर , नवराज जिएम्, समिक्षा पौडेल , खेम वली , मनिष रोका, अस्मिता चौधरी, सगिंत थापा, श्रेया डागीं, ध्रुव कमेडि, कृष्ण रेउले , लोशिना लमिछाने लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्