प्रिन्स स्कुलका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरको प्रतिस्प्रधा गर्दै



सैघाली खबर,
दाङ १७ कात्तिक।
भारतको लखनौमा रहेको सि.एम.एसमा यही कार्तिक १८ गते देखि २१ गते सम्म हुन गइरहेको अन्तर्राष्ट्रिय स्तरको “जियो फेष्ट” प्रतिस्प्रधात्मक कार्यक्रमका लागि दाङको लमहीमा रहेको प्रिन्स इङ्लिस मोडेल स्कुलका विद्यार्थीहरू सहभागी हुने भएका छन् ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरी लखनौमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतिस्प्रधात्मक कार्यक्रममा जाने विद्यार्थीहरूलाई सफलताको शुभकामना सहित अभिर टिका तथा माला लगाइ विदाई गरेको छ । जसमा विद्यालयका प्रिन्सपल द्रोण पोख्रेलको नेतृत्त्वमा विद्यालयका कक्षा ७ का शिशिर अधिकारी, कक्षा ८ का शुभम खनाल, कक्षा ९ का लक्ष्मण रेग्मी र कक्षा १० का किस्मत खड्का रहेको विद्यालयका शिक्षक तथा निम्न माध्यमिक तहका इन्चार्ज एच.एन. पाण्डेयले जानकारी दिनुभएको छ ।

विश्वका अधिकांश देशका विद्यार्थीहरूको सहभागिता हुने उक्त प्रतिस्प्रधात्मक कार्यक्रममा क्रियट योर टेस्ट, जि यो टियुन्ज र मोडल डिस्पेले जस्ता शीर्षकमा विद्यार्थीहरूले आफ्नो दक्षता प्रस्तुत गर्नुपर्ने र उक्त प्रतिस्प्रधात्मक कार्यक्रम नितान्त पर्यावरणीय सन्तुलन, गोलोवल वार्मिङ तथा समसामयिक विषयमा केन्द्रित हुने विद्यालयका प्रिन्सपल द्रोण पोख्रेलले जानकारी दिनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्