कांग्रेसका कारण देशको मुल कानुन बन्यो खनाल



सैघाली खबर

घोराही १७ कार्तिक । नेपाली कांग्रेसका नेता राजु खनालले नेपाली काग्रेसका कारण देशको मुल कानुन बनेको वताउनु भएको छ ।मिडिया मञ्च नेपालले घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता खनालले यस्तो वताउनु भएको हो । कार्यक्रममा बोल्दै नेता खनालले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह  गर्नुभयो । ।

समृद्वि र लोकतन्त्रको सुनिश्चितता गर्न चाहने प्रत्येकले कांग्रेसलाई विश्वास गर्न गर्नुभयो । नेता खनालले कम्युनिष्ट अधिनायकत्वलाई जनताले रोक्नु पर्ने समेत बताउनुभयो । नेपाली कांग्रेसले विकासलाई चुनावी नारा नभई दीर्घकालिन रुपमा सोचेको भन्दै भोट लागि मात्र नारा नदिने बताउनु बताउनुभयो । “मलाई कटुवाखोला पुलसंग जोडेर बदनाम गर्न खोजेको” भन्दै नेता खनालले “आफु सभासद मात्र भएको र काम कस्तो भयो राम्रो भयो की भएन त्यस बारेमा जनतालाई भ्रममा नपर्न आग्रह गर्नुभयो । मिडिया मञ्च नेपालका अध्यक्ष आजाद खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार गिरीराज नेपालीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्