मुख्य समाचार

घरदैलो तथा चुनावी अभियानमा माओवादी केन्द्र

By थाहा अनलाइन

May 30, 2017

जनक नेपाली दाङ,जेठ १६ नेकपा माओवादी केन्द्र दाङले जिल्लाका सवै जसो गाँउपालीका,नगरपालीका तथा उप– महानगरपालीकामा चुनावी कार्याक्रम तथा घरदैलो कार्यक्रमहरु जारी राखेको छ । जिल्लाका १० वटै स्थानीय तहहरुमा उमेद्वारहरुको टुङ्गो लागिसकेकोले सवै तहहरुमा उमेद्वारहरुले घरदैलो कार्यक्रमहरु गरीरहेको निर्वाचन परीचालन कमिटिका जिल्ला संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । माओवादी केन्द्र घोराही उप–महानगरपालीकाको वार्ड नं १५ मा उमेद्वारहरु सार्वजनिक गरेको छ । माओवादी केन्द्रले वार्ड नं १५ को अध्यक्षमा प्रविण शर्मालाई अगाडी सारेको छ । शर्मा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति समेत हुन हुन्छ । त्यसैगरी दलित महिला सदस्यमा हिमा कुमारी विश्वकर्मा, महिला सदस्यमा विष्णु कालाथोकी र खुला सदस्यमा भोपलाल रोका र वामदेव रिजाल रहनु भएको छ । घोराहीको तुलसीपुर चोकसोमवार आयायोेजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्षका उमेद्वार शर्माले देशको पुर्ननिर्माण गर्ने शक्ति नै माओवादी भएकोले माओवादी केन्द्रलाई जिताउनु पर्नेमा जोड दिएका थिए । अहिले सम्म कसैले नगरेको काम माओवादीले गरेको उल्लेख गर्दै देशलाई लोडसेडिङ मुक्त गर्ने, दलित, महिला, आदिवासी जनजातीको उत्थानको लागि माओवादी लडेर ल्याएको यो संविधानलाई संस्थागत गर्नकालागि पनि माओवादीलाई मतदान गर्न आग्रह गरेका थिए । १० वर्षे जनयुद्घ, तथा २०६२÷०६३ को जनआन्दोलन पनि माओवादीको नेतृत्वमा सम्पन्न गरेको चर्चा गर्दै शर्माले शोषित पिडित न्यायप्रेमी जनसमुदायको हितमा सधै लडिरहने प्रतिबद्घता समेत ब्यक्त गरेकाछन् । चुनावी कार्यक्रममा रक्तविज साँस्कृतिक परीवारका कलाकारले चुनावी गितमा नृत्य प्रस्तुत गरेका थिए ।