बंगलाचुलीमा पार्टी प्रवेशको लहर



जीवन नेपाली
दाङ,१७ कार्तिक । दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलेको छ । यसैक्रममा बंगलाचुली उँपालीका वडा नम्वर दुईबाट नेपाली कांग्रेस परित्याग गरी ९ जना र राप्रपा परित्याग गरी ७ जना नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस परित्याग गर्नेहरुमा जुठे पुन, नरेस कुमार रसाईली,गोपाल विक, भिम बहादुर रसाइली,टक बहादुर रसाईली,रविन रसाईली, धन बहादुर घर्ती,सुकलाल पुन र मिना रोका रहनु भएको छ ।

यसैगरी राप्रपा नेपाल परित्याग गर्नेहरुमा बंगलाचुली वडा नम्वर दुई का वडा अध्यक्ष पदका उम्मेद्वार समेत भएका रामा बहादुर रोका,छवीलाल पुन,बोमा देवि रोका,लेमा रोका, चेत बहादुर रोका,मानसिङ रोका लगाएतका रहनु भएको छ । नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपालीका अध्यक्ष भक्तबहादुर वली नेतृत्वको एक टोलीले विहीबार र शुक्रबार छुट्टा छुट्टै कार्यक्रमका विच उहाँहरुलाई पार्टि प्रवेश गराउनु भएको थियो ।

नव प्रवेशीहरुले पार्टि प्रवेश कार्यक्रममा बोल्दै देशको विकास र परिवर्तन गर्ने भनेकै बामशक्ति भएकाले आफुहरु माओबादी केन्द्रमा प्रबेश गरेको बताएका छन् । देशमा भएका ठुलठुला परिवर्तनमा माओबादी केन्द्रको भूमिका निकै ठुलो रहेको भन्दै अब माओबादी केन्द्र मा आवद्ध भई देश परिवर्तनको अभियानमा कटिवद्ध भएर लाग्ने उनिहरुले बताएका छन् ।

सो अवसरमा नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपालीका अध्यक्ष भक्तबहादुर वली, दाङजिल्ला सम्मेलन आयोजक समिचि सदस्य चुरामणी नेपाली, नारायण डाँगी, शोभाराज विक,मेघराज राना, गिरीराज बाँठा, चुके सुनार,लीलाबहादुर पाटा लगाएतकाले बोल्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्