निर्वाचनलाई मध्य नजर गर्दै अबैध हतियार बुझाउँन आग्रह



सैघाली खबर
दाङ, १७ कार्तिक । निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला सुरक्षा समिति दाङले अबैध तथा लाईसेन्स प्राप्त हतियारहरु प्रहरीमा बुझाउन आग्रह गरेको छ । समितिले जिल्ला प्रशासन कार्यालयले पत्रकार सम्मेलन गरी हतियार बुझाउन आग्रह गरेको हो ।जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै सर्वसाधारण सँग भएका सम्पूर्ण हतियारहरु बुझाउन आग्रह गरेको हो । आगामी मंसिर २१ गते हुने संघ , र प्रदेश चुनावलाई शान्ति पूर्ण रुपमा सम्पन्न गर्ने उदेश्यका गृह मन्त्रालयको निर्देशनमा हतियार बुझाउन आग्रह गरेको छ ।सर्वसाधारण सँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आग्रह गर्नुभयो । गत असार १४ गते भएको स्थानिय तह निर्वाचनका क्रममा ७१ वटा हतियार संकलन भएको थियो । ति हतियार मध्य २८ जनाले फिर्ता लिएको र ४१ वटा प्रहरी कार्यालयमै रहेको प्रहरी निरीक्षक हरि बिसीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएका ईजाजत प्राप्त हतियारको संख्या भने ८ सय ९५ रहेको छ । भरुवा बन्दुक ६ सय ८२ थान, १३ बोरको १ सय ७१ थान, २२ बोरको बन्दुक ३४ थान, पेस्तोल ५ थान र यएरगन ३ थान रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्