सैघाली खबर
काठमाण्डौ, १८ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा शिर्षनेताहरु बागी उम्मेदवारीहरु चपेटामा परेका छन । प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्षमा प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनावमा आइपुग्दा ‘बागी उम्मेदवारीु ऐंजेरुका रूपमा देखिएको छ।
बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक पनि थुप्रै त्यस्ता उम्मेदवारीको सामना गर्नुपरेको छ। कांग्रेस मात्रै होइन, एमाले, माओवादी केन्द्रमा, संघीय फोरम, राजपालगायत दलमा समेत बागीको संख्या उल्लेख्य देखिएको छ। उम्मेदवारसँगभन्दा पनि पार्टीका शीर्ष नेतासँगको असन्तुष्टिका कारण बागी उम्मेदवार बढेको नेताहरू बताउँछन्।
लोकतन्त्रका लागि बलिदान दिएका र दलका शीर्ष नेताहरूविरुद्ध नै यसपटक बागी उम्मेदवारी परेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमडण्लका सदस्य अनिल झा, माओवादी नेता हरिबोल गजुरेललगायतविरुद्ध बागी उम्मेदवार खडा भएका छन्।
प्रमुख नेताका बागी
काठमाडौं २ माधवकुमार नेपाल विरुद्ध एलपी श्रेष्ठ
तनहुँ १ रामचन्द्र पौडेल विरुद्ध गोविन्दराज जोशी
महोत्तरी ३ महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झा
सप्तरी २ उपेन्द्र यादवविरुद्ध जयप्रकाश ठाकुर
दैलेख १ दीपक शाही विरुद्ध गणेशबहादुर खड्का
कैलाली ५ डा। आरजु राणा विरूद्ध क्षितिज भण्डारी
सल्यान टेकबहादुर बस्नेत विरुद्ध उमाकान्त शर्मा
सिन्धुली २ हरिबोल गजुरेल विरुद्ध रामकुमार पौडेल
सिन्धुली १ गणेश पहाडी विरुद्ध कुमारबहादुर कार्की
बारा ३ ज्वालाकुमारी साह विरुद्ध भरत खड्का
रुपन्देही ५ क भूमिश्वर ढकाल विरुद्ध मीनप्रसाद घिमिरे
रौतहट १ अनिल झा विरुद्ध बबन सिंह

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।