मुख्य समाचार

समानुपातिक उम्मेदवारको सुचि सार्वजानिक

By थाहा अनलाइन

November 04, 2017

सैघाली खबर काठमाण्डौ, १८ कार्तिक । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुुझाएको उम्मेदवारको बन्द आज सूचि सार्वजनिक गरेको छ । आयोगले पत्रकार सम्मेलन गरी राजनीतिक दलहरुले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची सार्वजनिक गरेको हो । आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले ५३ वटा राजनीतिक दलहरुले संशोधनसहित बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरिएको जानकारी दिए ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारमाथि दावी विरोध गर्न मंसीर २४ गतेसम्मको समय तोकि दिएको छ ।

त्यसपछि छानवीन गरी मंसीर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि आयोगका सचिव पौडेलले स्पष्ट पारे । निर्वाचन कानुनले तोकिदिएको क्लष्टर भित्र रहेर राजनीतिक दलहरुले उम्मेदवारको संशोधित सूचि बुझाएपछि आयोगले त्यसको विवरण सार्वजनिक गरेको हो । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको हुदैछ ।