‘‘ युवाहरु भविष्यका कर्णधार मात्रै होईन वर्तमानको हिमायती पनि रहेको मेरो उम्मेद्वारी युवाहरुको समान सहभागिता , अधिकार वाट विमुख भएका वर्ग , क्षेत्र र समुदायहरुको अधिकार स्थापितका लागि मेरो उम्मेद्वारी हो । ’’ घोराही उप– महानगरपालिका वडा न. १७ का लागि नेपपा एमाले वाट अघि सारिएका युवा नेता विवेक श्रेष्ठ संग गरिएको कुराकानी सार संक्षेप –



तपाईको उम्मेद्वारी किन ?
करिव –करिव २० वर्ष पछि हुन लागिरहेका स्थानिय तहको निर्वाचनमा समान युवा सहभागितको विकास गर्न मेरो उम्मेद्वारी हो । ‘ युवाहरु भविष्यका कर्णधार मात्रै होइन । वर्तमान हिस्सेदार पनि रहेकाले युवाहरुको अधिकार सुनिश्चितका लागि मेरो उम्मेद्वारी हो । युवाहरु अवसर निति निर्माण तथा नेतृत्व तह वाट विमुख गराई रहेकाले युवाहरुको नेतृत्व विकासका लागि र सहभागिताको सुनिश्चितताका लागि मेरो उम्मेद्वारी हो । युवाहरुले वर्तमानको समयमा हरेक अवसर लिन पाउनु पर्छ । र त्यो अवसर संग युवाहरुले सम्वन्ध गाँस्न पाउनुु पर्छ भने मान्यताले मेरो उम्मेद्वारी हो ।
तपाईको उम्मेद्वारी युवा सहभागिता लागि मात्रै हो की ? अधिकार र अन्य विकास लागि पनि हो ?
खाँस गरी म ३० वर्षिय एक कर्मठ जुझारु युवा रहेकाले म पहिला युवाहरुको विकास र सहभागिताको सुनिश्चितताका लागि काम गर्ने छु । त्यो संगै युवाहरुको सिर्जनशिलता लाई सामाजिक विकास र समुनत राष्ट्र निर्माणका लागि १७ न. वडा देखी नै सुरु गर्ने छु । युवाहरुले पनि समाजका लागि केही गर्न सक्छन । भने नमुना काम गरेर देखाउने छु । युवाहरु लाई निति निर्माण तह वा नेतृत्वदायी भुमिका जिम्मेवारी दिई काम गर्ने अवसरको वातावरण सिर्जना गरी युवा सहभागिता मुलुक समाज निर्माणका लागि काम गर्ने छु । युवाहरुका जोसिला जाँगर र शक्ति लाई सामाजिक विकासमा रुपतान्तर गरी दलित , महिला ,अपाङ ,जेष्ठ नागरिकहरुको अधिकार स्थापित गर्नका खर्चिने छु । साथै विपन्न गरिव वर्ग समुदायकोे आयस्तर सुधार कृर्षि तथा औद्योगिक क्षेत्रको विकासका लागि काम गर्नु छु ।

जित्न सक्ने आधारहरु के–के छन ?IMG_1317
१७ वर्षको सानै उमेर देखी नै मैले स्कुले जीवन वाट विद्यार्थी राजनिति सुरु गरी हाल पार्टीको नेतृत्वदायी भुमिकामा छु । म बोलेर भन्दा काम गरेर देखाउन सक्ने नेता हुँ । यति विश्वास छ कि नेकपा एमाले संगठित सदस्य मात्रैै होईन । विवेक श्रेष्ठ लाई जिताउनु पर्छ भन्ने १७ न.वडा वासी सवैको ईच्छा भएकाले मैले जित्न सक्ने आधार भनेकै जनताको मायाँ ममता र स्नेहले हो । अर्काे कुरा वडा क्षेत्र लाई नमुना योग्य वडाका, ‘एक घर एक रोजगार , दश युवा एक समुह ’को परिकल्पना गर्दै १७ न. वडा लाई अवको ५ वर्ष भित्रमा औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने परिकल्पनाका साथ अघि वढीरहेको छु । साथै आधा शहर , आधाँ गाँउका वडाका रुपमा रहेको १७ न. वडा पुरै शहरी क्षेत्रका रुपमा विकास योजना छ । ५ वर्ष भित्रैमा प्रत्येक गाँउ लाई घोराही वजार संग जोडिने छ । र सवै सडकहरु लाई कालोपत्रे गरी कृर्षि प्रर्वद्धनको विकास गरी आयस्तर सुधार गरिने लक्ष्य साथ अघि वढेको छु । यिनै योजनाहरु जनताका माग र आवश्यक्ता रहेकाले मैले विजय सुनिश्चित गर्नु छु ।

जातिय ,लैगिक सहितको नागरिक अधिकार नी ?
खास गरी १७ न. वडा सवै जातजातीहरुको मिश्रित वसोवास क्षेत्र रहेकाले सवै जातजातीहरुको उचित समान लैगिक समावेशिकरण सहितको वडाका रुपमा विकास गर्नुु छु । म आफै जनजाती भएको नाताले सवै जातजातीहरुकाो जातिय सिपको विकास गरी जातिय मैत्री वडाका रुपमा विकास गर्ने छु । कसैले जातका आधारमा कसैले कुने विभेद नगर्ने सामाजिक सहकार्यताको विकास गर्ने छु । आफुले जानेको सिकेका कुरा लाई तल्लो तहका समुदायमा सिकाई उनीहरुको चेतना र शिक्षा विकासमा मेरो ध्यान केन्द्रित हुने छ । १७ न. वडामा उच्च शिक्षा अध्ययनका लागि एक सामुदायिक प्लस टु कलेजको अवधारणा निर्माण गर्ने छु । एउटा कृर्षि प्राविधिक विद्यालयको समेत विकास गर्ने छु शिक्षा , स्वास्थ्य तथा अन्य आवश्यक आधारभुत अधिकार सवै गाँउगाँउमा पु¥याउने मेरो प्रयास रहने छ ।
तपाई घोराही उप–महानगरपालिकाको मेयरको दावेर होईन र ?
मैले निश्चित रुपमा घोराही उप–महानगरपालिकाको मेयरका लागि दावी गरेकै हो । तर पार्टीले मलाई त्यो अवसर दिन सकेन । तर जहाँ वसेर भए पनि जनताको सेवा र युवाहको सहभागिता विकास गर्न सकिने भने सोचका साथ मैलै वडा अध्यक्षका लागि भए पनि उम्मेद्वारी लिएको हु । तर काम सानो ठुलो नहुने भएकाले वडा वाट भए पनि नागरिक सेवाका लागि काम गर्ने प्रयास गरेको छु ।
अन्त्यमा यस सैघाली अनलाईन पत्रिका मार्फत केही भन्न चाहानुहुन्छ ।
भने मनमा लागेको कुरा सवै आईनै सकेका छन । तर कुरा के हो भने ,मेरो उम्मेद्वारी गाँउ विकास र युवाहरुको सहभागिता रहेकाले मलाई नेकपा एमाले सुर्य चिह्नमा छाप लगाई अमुल्य भोट दिई जिताउन आग्रह गर्छु । उमेरका हिसावले युवा र शैक्षिक योग्यताको हिसावले स्नात्तोर पास गरेकोले शिक्षित र कर्मठ युवा रहेकाले वडाको विकास र नागरिकहरुको अधिकार स्थापितका लागि म सधै तत्पर रहने छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्