जनयुद्धका घाईते जग प्रशाद शर्मा ‘अपार’ दाङ क्षेत्र नं। ३ ‘१’ का साझा 



 

दिपक बोहरा, 

तुलसीपुर  १८ कात्तिक। 

तीन दशक देखी राजनीतिक यात्रामा रहेका जगप्रशाद शर्मा ‘अपार’ अहिले दाङ क्षेत्र नं। ३ को ‘क’ बाट प्रदेशको उम्मेदवार बनेका छन् । राजनीतिमा स्वच्छ छबि बनाएका तुलसीपुर उपमहानगरपालिका १२ क्याम्पस रोड निबासी अपार बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । सादा जीवन, उच्च बिचार, सरल, कुसल संगठक ,राजनीतिक नेतृत्वका बिश्वास पात्र रहेका अपार बिगत तीन दशक देखी पार्टीको राजनीतिमा क्रियाशिल हुँदै आएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपार बिद्यार्थी कालदेखी नै भुमिगत हुनु पर्ने बाध्यता रह्यो ।

जसले गर्दा उनी उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित भए । २०४३ देखी बिद्यार्थी राजनीति शुरु गरेका अपार सानै उमेरमा भुमिगत भए ।  २०४६ सालमा उनले जनआनदोलनमा सक्रिय सहभागी भए । २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरेका उनले २०४९ देखी ०५१ सम्म ग्रामिण बर्ग संघर्षको नेतृत्व गरे । २०५२ साल फागुण १ गते देखी शुरु भएको जनयुद्धको पहलकर्ताका रुपमा उनी थिए । २०५३ सालमा पार्टीको रुकुम जिल्ला कमिटि सदस्य भएका उनी सोही बर्ष देशकै पहिलो एम्बुसको नेतृत्व गरे । युद्धकै क्रममा २०५५ सालमा उनी घाईते भए । उनलाई आँखामा छर्रा गोली लाग्यो । आँखाको उपचारकै क्रममा थिए, तर उनले हिम्मत हारेनन्, उनी घाईते हुँदा पनि नियमित लडि रहे ।  सोही बर्ष उनले पार्टीको क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी सम्हाले ।

उनी २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका थिए । उनी  पार्टी भित्रै निकै त्याग, तपस्या गरेका नेताको रुपमा चिनिन्छन् । आन्दोलनकै क्रममा उनले देशका बिभिन्न क्षेत्रको नेतृत्व गर्दै आए । पार्टीकै नेतृत्वका लागि उनलाई कहिले पुर्ब त , कहिले पश्चिम खटाईयो । उनले ईमन्दारीपुर्बक जिम्मेवारी सम्हाले ।

राजतन्त्रको अन्त्य गर्न, संघीय गणतन्त्रको स्थापन गर्न र देशको सम्बद्धिका लागि थालिएको १० बर्षे जनयुद्धको बिभिन्न तह र तप्काको नेतृत्वका लागि देशका बिभन्न क्षेत्रमा नेतृत्वका लागि खटाईयो ।  २०६७ देखी उनले दाङलगायत पश्चिम नेपालको  पार्टीको नेतृत्व तहको जिम्मेवारी निर्बाह गर्दै आएका छन् । उनी २०४६  देखी ०५५ सम्म रुकुममा, २०५६ देखी ५८ सम्म प्रबासमा, २०५९ देखी ६६ सम्म पुर्बी नेपालमा नेतृत्वका लागि खटाईएको थियो ।

पार्टीको बिभिन्न  आन्दोलनको नृेतृत्व गर्दै आएका उनले निकै दुःख, कष्ठ पनि झेल्नु प¥यो । उनी २०५१ सालमा डोल्पा हिरासतमा ८ दिन र २०५५ सालमा लखनउमा तीन दिन जेलमा बस्नु प¥यो । पार्टीको हरेक तह र तप्कामा संघर्ष गर्दै आएका उनी अहिले समाजबाद आधार तयार गर्न चुनाबी लडाईमा छन् । उनले समाजबादको आधार तयार पार्ने, ७० बर्ष देखीको अस्थाई सरकारलाई अन्त्य गरी स्थायी सरकार निर्माण गर्ने, संघीयता कार्यान्वयन गर्ने तथा दाङलाई प्रादेशीक राजधानी बनाउने मुख्य एजेण्डा अघि सारेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्