टप फिचर

२ किलो ४ सय ग्राम सुनसहित एक जना पक्राउ

By थाहा अनलाइन

December 31, 2019

२ किलो ४ सय ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धनगढी बसपार्कबाट उक्त परिमाणको सुन समातिएको भए पनि प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीले घटनामा थप व्यक्ति पनि रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको बताए।

अनुसन्धानमा खटिएका एक जना प्रहरीकाअनुसार उक्त सुन भारतबाट ल्याइएको हुनसक्ने आशङ्‍का गरिएको छ। उनीहरुले ५ किलोसम्म सुन ल्याएको हुनसक्ने आशङ्‍का गरिएको छ।