अहेवको विदाले लिएर चुनावी रगं



 

शशिधर भण्डारी,।

प्यूठान, १८ कार्तिक ।

हस्पिटलको विदा लिएर एक अहेव आफ्नो पार्टीको प्रचारप्रसारमा लागेकी छन् । २०७४ सालमा स्थायी भइ कपिलवस्तुको बहादुर गंज स्थित शिवराज अस्पतालमा कार्यरत स्थायी अहेव धनलक्ष्मी श्रेष्ठ चुनावी प्रचारप्रसारमा छिन् ।

१५ शय्या सेवा सहितको अस्पतालमा कार्यरत श्रेष्ठले राजिनामा विनै प्रचारप्रसारमा लागेकी हुन् । अस्पतालका प्रमुख डा. रावल झाले श्रेष्ठ केही दिनको लागि

विदामा प्यूठान गएको बताउछन् भने श्रेष्ठ समानुपातिक सांसद र निर्वाचन प्रचारप्रसारको दौडधुपमा छिन् । मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उमेद्वार बनेका काँग्रेस उमेद्वारको उम्मेद्वार सरह खुलमखुल्ला प्रचार छिन् ।

साथै नेपाली काग्रेशको तर्फवाट राष्ट्रिय सभाको लागि प्युठान जिल्लाको एक मात्र समानुपातिक उम्मेद्वार वन्न सफल श्रेष्ठ यस अघि भएको संविधानसभा सदस्यको लागि प्युठान जिल्ला क्षेत्र न. २ वाट प्रत्यक्ष तर्फको उम्मेद्वार बनेकी थिइन । स्थानीय तहको निर्वाचनमा बहालवाला कर्मचारीको रुपमा प्रचारप्रसारमा लागेका गोविन्द पोख्रेल उमेद्वार छन् भने बहालवाला कर्मचारी –अहेव) श्रेष्ठ उमेद्वार र प्रचार प्रसारमा छिन् ।

जनप्रतिनिधि उम्मेद्ववार हुन इच्छुक नेपाली नागरिकले कुनै सार्वजनिक पद धारण गरेको भए उम्मेद्वारी दिनु पुर्व आफ्नो पदवाट राजिनामा दिनु पर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्थाको ठाडो उलङ्गघन गर्दै श्रेष्ठ चुनावी मैदानमा छिन ।  अस्पतालबाट हप्तौ दिन विदामा वसि काठमाडौ धाएर टिकेट लिएकी श्रेष्ठ न त जागिरवाट राजिनामा दिएकी छन , नत चुनावी प्रचारमा उम्मेद्ववार भन्न छोडेकी छन । नेपाल सरकारमा आवद्ध सरकारी जागिर खाएर यसरी खुल्ला रूपमा नियम कानुनको अवमुल्यन गर्ने कर्मचारीलाई कार्वाही गर्ने निकाय किन मुखदर्शक छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्