घोराहीमा प्रत्येक शनिबार ग्याँस ढुवानी बन्द हुने



जित सागर जि एम
घोराही, १८ कार्तिक।
दाङको घोराहीमा अबदेखि हप्ताको एक दिन ग्याँस पसल बन्द हुने भएका छन् । घोराहीमा रहेका ग्याँस व्यवसायी उपसमितिको आज भएको छलफलले यस्तो निर्णय गरेको हो । निर्णय आगामी शनिबार देखि लागुहुने व्यवसायीले बताएका छन् ।

प्रत्येक हप्ताको शनिबार ढुवानी बन्द हुने तर उपभोक्ता स्वयम् लिन गएमा भने ग्याँस उपलब्ध गराईने समितिले जनाएको छ । शनिबार सटर बन्द गरिने तर उपभोक्तालाई चाहिएको खण्डमा ढुवानी गर्न नसकिने समितिको भनाई छ । घोराही ग्याँस व्यवसायी उपसमितिको आज भएको छलफलले निर्णय कार्यान्वयनका लागि उपसमितिमा आवद्ध सम्र्पुण व्यवसायीलाई आग्रह गरेको छ ।

यसैबिच ग्याँस व्यवसायी घोराही उपसमितिको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ । ग्याँस व्यवसायीहरुले आज घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हाजसको उपाध्यक्षमा मुकेश गुप्ता, सचिवमा यादवबहादुर श्रेष्ठ, कोषाध्यक्षमा गोपालप्रसाद आचार्य रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा मरिचमान वली, पदम श्रेष्ठ, श्याम सिजवाल,अभिवादन पोखरेल र रमेश भट्ट चयन हुनुभएको छ ।

घोराही ग्याँस व्यवसायी उपसमितिका निवर्तमान अध्यक्ष प्रकाश कार्कीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वणिज्य संघका महासचिव नरेश कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ग्याँस व्यवसायी उपसमितिका निवर्तमान कोषाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण यादवबहादुर श्रेष्ठ र पत्रकार जीत सागर जी.एमले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्