मुख्य समाचार

घोराहीमा प्रत्येक शनिबार ग्याँस ढुवानी बन्द हुने

By थाहा अनलाइन

November 04, 2017

जित सागर जि एम घोराही, १८ कार्तिक। दाङको घोराहीमा अबदेखि हप्ताको एक दिन ग्याँस पसल बन्द हुने भएका छन् । घोराहीमा रहेका ग्याँस व्यवसायी उपसमितिको आज भएको छलफलले यस्तो निर्णय गरेको हो । निर्णय आगामी शनिबार देखि लागुहुने व्यवसायीले बताएका छन् ।

प्रत्येक हप्ताको शनिबार ढुवानी बन्द हुने तर उपभोक्ता स्वयम् लिन गएमा भने ग्याँस उपलब्ध गराईने समितिले जनाएको छ । शनिबार सटर बन्द गरिने तर उपभोक्तालाई चाहिएको खण्डमा ढुवानी गर्न नसकिने समितिको भनाई छ । घोराही ग्याँस व्यवसायी उपसमितिको आज भएको छलफलले निर्णय कार्यान्वयनका लागि उपसमितिमा आवद्ध सम्र्पुण व्यवसायीलाई आग्रह गरेको छ ।

यसैबिच ग्याँस व्यवसायी घोराही उपसमितिको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ । ग्याँस व्यवसायीहरुले आज घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हाजसको उपाध्यक्षमा मुकेश गुप्ता, सचिवमा यादवबहादुर श्रेष्ठ, कोषाध्यक्षमा गोपालप्रसाद आचार्य रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा मरिचमान वली, पदम श्रेष्ठ, श्याम सिजवाल,अभिवादन पोखरेल र रमेश भट्ट चयन हुनुभएको छ ।

घोराही ग्याँस व्यवसायी उपसमितिका निवर्तमान अध्यक्ष प्रकाश कार्कीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वणिज्य संघका महासचिव नरेश कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ग्याँस व्यवसायी उपसमितिका निवर्तमान कोषाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण यादवबहादुर श्रेष्ठ र पत्रकार जीत सागर जी.एमले गर्नुभएको थियो ।