सुगर जाँचका लागि ८८ जनाको रगत संकलन



 

सैघाली खबर,घोराही, १८ कार्तिक।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा सुगर रोगको जाँचका लागि ८८ जनाको रगत संकलन भएको छ । नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरको आयोजनामा वडा नम्बर ४ को कार्यालयमा सुगर जाँच गर्ने उदेश्यले ८८ जनाको रगत संकलन गरिएको हो ।

वडा कार्यालयको सहयोगमा सेन्टरले निशुल्क जाँच गर्ने उदेश्यले गाउँमै सेवा दिईएको अध्यक्ष भिमबहादुर सार्कीले जानकारी दिनुभयो ।

संकलित रगत जाँच पछि सुगर रोग भए नभएको जानकारी सहितको रिपोर्ट छिट्टै दिईने सेन्टरका शाखा प्रबन्धक विरेन्द्र आचार्यले बताउनुभयो । ४ जना कर्मचारी खटिएर रगत संकलन गरिएको र जाँच पछि थप सल्लाह दिईने उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्