स्वास्थ्य

सुगर जाँचका लागि ८८ जनाको रगत संकलन

By थाहा अनलाइन

November 04, 2017

 

सैघाली खबर,घोराही, १८ कार्तिक। घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा सुगर रोगको जाँचका लागि ८८ जनाको रगत संकलन भएको छ । नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरको आयोजनामा वडा नम्बर ४ को कार्यालयमा सुगर जाँच गर्ने उदेश्यले ८८ जनाको रगत संकलन गरिएको हो ।

वडा कार्यालयको सहयोगमा सेन्टरले निशुल्क जाँच गर्ने उदेश्यले गाउँमै सेवा दिईएको अध्यक्ष भिमबहादुर सार्कीले जानकारी दिनुभयो ।

संकलित रगत जाँच पछि सुगर रोग भए नभएको जानकारी सहितको रिपोर्ट छिट्टै दिईने सेन्टरका शाखा प्रबन्धक विरेन्द्र आचार्यले बताउनुभयो । ४ जना कर्मचारी खटिएर रगत संकलन गरिएको र जाँच पछि थप सल्लाह दिईने उहाँको भनाई छ ।