देश आर्थिक संबृद्धिको बाटोमा अघि बढ्छ महरा




सैघाली खबर

दाङ, १८ कार्तिक । उप प्रधानमन्त्री कृष्णबहादुर महराले चुनाब पछि देश आर्थिक संबृद्धिको बाटोमा अघि बढ्ने बताउनु भएको छ । गोरखा बचत तथा ऋण सहकारी संस्था घोराहीको छैठौँ बार्षिक साधारणसभा एवं तेस्रो अधिबेशनको शनिबार उद्घाटन गर्दै उपप्रधानमन्त्री महराले यस्तो बताउनु भएको हो ।लामो समय राजनितिक अस्थिर अबस्थामा रहेको र अब चुनाव पछि आर्थिक संबृद्धिको मार्गमा देश अघि बढ्ने उहाँको भनाई छ । निर्वाचन पछि स्थिर सरकार बन्ने र उक्त सरकारले सहकारी सहितको आर्थिक संबृद्धिको मुद्धालाई प्रमुख बनाउने उहाँको भनाई छ ।दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उमेदवार समेत रहेका मन्त्रि महराले सहकारी अभियान आबस्यकता र अनिवार्यता भएको धारणा व्यक्त गर्नुभयो ।

गोरखा सहकारीको साढे २७ लाख नाफा

सहकारी संस्थाले गत आर्थिक आर्थिक बर्षमा २७ लाख ५६ हजार ५ सय ८८ रुपैयाँ २२ पैसा नाफा गरेको छ ।१२ सय २२ जना सेयरधनी रहेको संस्थाको सेयर पूँजी एक करोड ९४ लाख ९० हजार ४ सय रहेको छ ।त्यसैगरी ४ करोड ७७ लाख ६१ हजार ८ सय ३२ रुपैयाँ ३७ पैसा निक्षेप संकलन बाँकी रहेको साधारणसाभामा जानकारी दिईएको थियो । । संस्थाले ६ करोड ४९ लाख ३३ हजार रुपैयाँ ऋणलगानी भएको र ६ करोड ६८ लाख १९ हजार ५ सय ६८ रुपैयाँ असुल गर्न बाँकी रहेको जनाएको छ ।संस्थाका अध्यक्ष मानबहादुर बुढामगरको अध्यक्षतामा भएको साधारणसभा तथा अधिबेशनको उद्घाटन एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्