आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने



सैघाली खबर
काठमाडौं,१९ कार्तिक

दोश्रो चरणको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् ।दोश्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनीधि र प्रदेशसभा निर्वाचनको कार्यतालिका अनुसार आज दिउँसो १ बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिन समय दिइएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

त्यस पछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने शर्माले बताउनुभयो । औपचारिकरुपमा चुनाव चिन्ह प्राप्त गरेपछि उम्मेदवारले चुनावी प्रचारप्रसारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्