देशलाई समाजवादतिर लैजानका लागी सहकारी आन्दोलन एउटा अपरिहार्य तत्व हो : प्रचण्ड



नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी आन्दोलनले देशलाई समाजवादतर्फ लैजान मद्दत गर्ने बताएका छन् ।

समाजवादको आधार तयार पार्न र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन पनि सहकारी आन्दोलन अपरिहार्य हुने उनको भनाइ थियो । चितवनमा आज नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको बाह्रौं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

देशलाई समाजवादतिर लैजानका लागी सहकारी आन्दोलन एउटा अपरिहार्य तत्व हुने भन्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी र अहिलेको सरकारले पनि सामाजिक न्यायका निम्ति, समाजवादको आधार तयार पार्न किसानहरूलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दिशामा लागिरहेको बताए ।

कृषि क्षेत्रमा सुधार गर्ने कुरा र सहकारी आन्दोेलनलार्ई अगाडि बढाउने कुुरामा आफ्नो विशेष अभिरुचि रहेको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्