मुख्य समाचार

चिसोले एक वृद्धको मृत्यु

By थाहा अनलाइन

November 05, 2017

सैघाली खबर डोल्पा ,१९ कार्तिक

बढ्दै गरेको चिसोले रुघाखोकी र दमका कारण एक वृद्धको मृत्यु भएको छ । डोल्पा जिल्ला मुड्केचुला गाउँपालिका वडा नं ६ नर्कु गाउँकी ६० बर्षिया दुधकुमारी शाहीको मृत्यु भएको स्थानीयले बताएका छन् । दिनप्रतिदिन बढेको चिसो र पानी नपर्दा धेरै धुलोको कारण मुड्केचुलामा साना बालबालिकादेखि वृद्धवृदासम्ममा विभिन्न स्वास्थ्य समस्या देखिएको वडा नं ६ का स्थानीयबासी नेत्रबहादुर शाहीले बताउनु भयो ।