साहित्य/कला

कविता – बिबशताको आँगनमा अस्मिता यसरी ढल्यो

By Thah Online

January 03, 2020

हे भोक न आईज न तेरो आगमनले यो शहरमा हर दिन हर पल बर्तमान रुन्छ अनि एउटा दुस्खद ईतिहासको जन्म हुन्छ यदि त आउने नै हो भने आमाको गर्भमै हर शिशुलाई सम्पन्नता को प्रमाण पत्र भिरायर मात्र आईज ताकि यो पापी पेटले कहिल्यै तेरो ज्वालाको पीडा सहनु नपरोस के सुन्थ्यो आई रहन्छ बारम्बार गिजाईरहन्छ ईमान्दारीता र बिबसतालाई बिबस बनेर चलायमान हुन्छन पाईलाहरु ईमान्दारीताको प्रमाण पत्र बोकेर गल्ली सडक हुँदै अफिसका कोठा कोठामा पुग्छन के थाहा उस्लाई उत्कृष्टताका प्रमाण पत्रहरु होइन यहाँ सिफारिसका बोलीहरु बिक्छन बासनायुक्त नजरहरु प्रमाणपत्रमा होइन प्रमाणपत्र धारीका अङ्ग अङ्गमा हुन्छन कती राम्री छौ चिया कफी के खान्छौ ? यसो गर न भरे पाच बजे पछि आउ अनि जागिरको कुरा गरौला तिमी र म एक्लै बसेर कुनै जवाफ थिएन भारी मन बोकेर थकित पाईलाहरु फर्किए उही गल्लीको अध्यारो कोठामा एक मन त फर्किएर गाउ जाउ जस्तो नलागेको पनि होइन तर सौतेनीआमा अनि आमाको चक्रब्युहमा फसेको लाचार बाबु कोही थिएन त्याहा आफ्नो भन्ने जे गर्नु छ मैले यसै शहरमा गर्नु छ कि इमानदारीताको प्रमाण पत्र बोकेर मर्नु छ कि ईमान्दारिता बेचेर जिउनु छ बलेको अनुहार निभ्यो उत्साहित मनमा ग्रहण लाग्यो अनि कर्मशील पाईला कुन्जिए राती सात बजे रत्नपार्कको एउटा मोडमा एउटी युबती यता उता गर्दै थिईन लाग्थ्यो कसैलाई खोजिरहेकी थिईन दिनभरी सुकिला कपडा लगाउनेहरु मैलो मन बोकेर वरीपरी झुम्मिएका थिए जाने हो ? जवाफ आयो घण्टाको हजार रातभरी पाँच हजार…. !!!

लेखक , रचनाकार – निर्मल पराजुली