तुलसीपुरमा आधुनिक बसपार्कको उद्घाटन



तुलसीपुर,दाङको तुलसीपुरमा निर्माण भएको आधुनिक बसपार्कको उद्घाटन गरिएको छ ।

शुक्रबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त बसपार्कको उद्घाटन गरेका हुन। त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले संरचना निर्माण गर्ने मात्रै भन्दा पनि त्यसको सुरक्षा महत्वपूर्ण हुने कुरा रहेको बताए ।

उक्त बसपार्क उपमहानगरपालिकाले ऋण लिएर निर्माण गरेको भन्दै त्यो ऋण तिर्न उपमहानगरपालिकाले त्यो बसपार्कबाट आम्दानी गर्ने कार्यमा ध्यान दिनुपर्ने बताए । आधुनिक बसपार्क निर्माण भएपछि यात्रुहरुलाई पनि सहज सेवा प्रदान हुने समेत बताए ।‘ अब बसपार्क पनि ब्यबस्थित भएको छ, यस्तो अबस्थामा यात्रुले टिकेट नपाउने, झुण्डिएर यात्रा गर्नुपर्ने अबस्था अन्त्य हुनेछ ’ उनले भने ‘ यसमा यातायात ब्यबसायीले पनि ध्यान दिनुपर्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्