सैघाली खबर,
दाङ १९ कात्तिक । वाम गठबन्धका उम्मेदवार हिरा चन्द्र केसीविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता लिएकी छिन् ।
एमालेले धोका दिएको भन्दै बागी उम्मेदवारी लर्ता गराएकी वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।
तुल्सीपुरमा एमाले नेता शंकर पोख्रेल, उम्मेदवार हिराचन्द्र केसी र जिल्ला अध्यक्ष टिकाराम खड्काको उपस्थितीमा पत्रकार सम्मेलन गरी वलीले उमेदवारी फिर्ता लिएको घोषणा गरिन् ।
केहि समय अघि एमालेमा प्रवेश गरेकी गायिका वलीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा लागि उमेदवारी दर्ता गराएकी थिइान् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।