मुख्य समाचार

कोमल वलीले फिर्ता लिइन् बागी उम्मेदवारी

By थाहा अनलाइन

November 05, 2017

सैघाली खबर, दाङ १९ कात्तिक । वाम गठबन्धका उम्मेदवार हिरा चन्द्र केसीविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता लिएकी छिन् । एमालेले धोका दिएको भन्दै बागी उम्मेदवारी लर्ता गराएकी वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।

तुल्सीपुरमा एमाले नेता शंकर पोख्रेल, उम्मेदवार हिराचन्द्र केसी र जिल्ला अध्यक्ष टिकाराम खड्काको उपस्थितीमा पत्रकार सम्मेलन गरी वलीले उमेदवारी फिर्ता लिएको घोषणा गरिन् । केहि समय अघि एमालेमा प्रवेश गरेकी गायिका वलीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा लागि उमेदवारी दर्ता गराएकी थिइान् ।