टप फिचर

हिमपातका कारण फोन र इन्टरनेट सेवा अवरुद्ध

By थाहा अनलाइन

January 04, 2020

हिमपातले क्षति गरेका कारण सुदूरपश्चिमको पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ।

हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बझाङ बाजुरा लगाएतका जिल्लामा शुक्रबार देखि सञ्चार सम्पर्क विहीन हुन पुगेका छन् । बिहीबार दिउँसो देखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ।

यस्तै, डडेल्धुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा समेत अवरुद्ध छ। हिमपातका कारण विद्युत् सेवा अरुवद्ध भएको हो। अवरुद्ध रहेको विद्युत् सेवा संचालनमा ल्याउनको लागि कर्मचारी खटाइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाइएको छ। तर यता बझाङमा भने एक मेघावाट क्षेमताको जेउडेगाड जलविद्युतले उज्यालो चैनपुरले जनाएको छ ।