अभिनेत्री ऋचा शर्मालाई मातृ शोक



अभिनेत्री ऋचा शर्मालाई मातृ शोक परेको छ।

६७ वर्षीया आमा रिनादेवीको निधन भएसँगै शर्मा शोकमा परेकी परेकी छिन् । केहिदिन अघि दिपेक्ष विक्रम रानासँग विवाह बन्धनमा बाँधिएकी उनलाई महिनादिन नबित्दै मातृ शोक परेको हो । प्राप्त जानकारी अनुसार शर्मामा आमाको गएराति निधन भएको हो।

उनका शुभचिन्तकले शर्माकी आमाको निधनप्रति दुःख व्यक्त गर्दै ऋचा शर्माप्रति सहानुभुति प्रकट गरेका छन् । नायिका शर्मा पछिल्लो समय नेपालको पहिलो कमेडी सो ‘कमेडी च्याम्पियन’को निर्णयकका रूपमा व्यस्त छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्