मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ: मन्त्री गुरुङ



महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अवस्थाबारे शनिवार झापाको दमकमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सशक्तीकरणका लागि राज्य पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासमा मात्र नभई सरकारले मानवीय सशक्तीकरणमा पनि जुटेको मन्त्री गुरुङको भनाई छ ।

उनले मानवीय सशक्तीकरणअन्तर्गत प्रदेश नम्बर १ बाट सडक बालबालिका मुक्त पार्न शुरू गरिएको अभियान देशैभर विस्तार हुने बताए । मन्त्रालयका सचिव चन्द्र घिमिरेले दीगो विकासको लक्ष्य प्राप्तिका लागि मानवीय क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा नगरपालिकाले गर्दै आएका कार्यक्रमबारे जानकारी गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्