गठवन्धनको भावी प्रधानमन्त्री दाहाल की ओली ?



सैघाली खबर
काठमाण्डौ, १९ कार्तिक । दुई तिहाई बहुमतसहित नेपालको विकास र समृद्धिको सपना बाँडेको एमाले र माओवादीको वामगठबन्धन अहिले संयुक्त चुनावी मैदानमा छ । ६० र ४० प्रतिशतको अनुपातमा टिकट वितरण, संयुक्त चुनावी अभियान र कार्यक्रमसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रे पनि गठबन्धनले सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ अहिलेसम्म खुलाएको छैन ।

एउटा यस्तो प्रश्न अझै राजनीतिक रूपमा बहसमा आएको छैन्, जुन प्रश्नको जवाफ आजका दिनमा दुई तिहाई बहुमत मागिरहेको वाम गठबन्धनले दिनुपर्ने थियो । बहसमा नआएको र बामगठबन्धनले अहिलेसम्म पत्ता नखोलेको प्रश्न हो, ‘भावी प्रधानमन्त्री को रु’

गठबन्धनमा पूर्वप्रधानमन्त्रीहरूको कमी छैन र उपप्रधानमन्त्री भएर प्रधानमन्त्रीको लाइनमा लागेका नेताहरू पनि धेरै नै छन् । तर, वामगठबन्धनले चाहिँ कसको नेतृत्वमा विकास, समृद्धि र समाजवाद ल्याउँछ रु स्यम गठबन्धनभित्रै रहेका कैयौँ नेता–कार्यकर्ताहरू पनि अन्योलमा छन् ।

नाटकीय रूपमा जसरी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन बनाउने ‘रोडम्याप’ तयार पारेका थिए, यसले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाललाई झस्काएको छ । अर्थात् भावी प्रधानमन्त्रीका रूपमा उनीहरू दौडमा पछाडि हुन सक्छन् । यस्तो अवस्थामा ओली र प्रचण्डमध्ये एक भावी प्रधानमन्त्री हुन् भनेर अनुमान लगाउन सकिन्छ ।

तर, पछिल्लो पटक एमालेपङ्क्ति र ओली आफैले जसरी बहस अगाडि सारेका छन्, यसले दिएको सङ्केत चाहिँ गठबन्धनबाट ओली भावी प्रधानमन्त्रीका मुख्य दाबेदार हुन् । यसको उदारण विराटनगरमा देखियो ।

गत कात्तिक १६ गते प्रतिनिधिसभाको निर्वाचनमा मनोनयन दर्ता गराउन गृह जिल्ला झापा जाने क्रममा ओली विराटनगर हुँदै गए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफू प्रधानमन्त्री बन्नका लागि गठबन्धन नबनाएको बताए । ओलीले यसअघि गठबन्धनसँग जोडेर प्रधानमन्त्रीको बहस उठाएका थिएनन् । ओलीले प्रधानमन्त्रीको कुरा गरेर आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेको केही राजनीतिज्ञ मान्छन् ।

त्यसको अर्को दिन विराटनगरमा देखिएको अर्को घटनाक्रमले पनि ओलीले आफूलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेको अनुमान गर्न सकिन्छ । विराटनगरका उद्योगी व्यपारीहरूले एमाले अध्यक्ष ओलीलाई ‘भावी सरकारको प्रधानमन्त्री’ भनेर सम्बोधन गरे । कार्यक्रम थियो, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले संयुक्त रूपमा आयोजना गरेको ‘अबको प्रयास आर्थिक विकास’ नामक छलफल ।

रोचक कुरा उक्त कार्यक्रम एमाले पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका र प्रतिनिधिसभाका लागि एमालेको समानुपातिक सूचीमा रहेका उद्योगी मोती दुगडको होटल ह्यारिसनमा आयोजित थियो । कार्यक्रममा विराटनगरका प्राय उद्योगी व्यपारी सहभागी थिए ।

यो कार्यक्रममा ओलीलाई आगामी सरकारको प्रधानमन्त्री भन्दै मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडाले विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाइदिन आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री भनेरै सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, अबको चुनावपछि स्थायी सरकार बन्ने पक्का छ, यसैले राज्यमा रोजगार र राजस्व दुवै पाउने अवसर सिर्जना होस् आर्थिक प्रगतिका बाधा अन्त हुन शुभकामना छ ।’

गठबन्धनले पनि स्थायी सरकारको मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको छ । स्थायी सरकारबाट मात्र विकास सम्भव छ भन्ने मुद्दालाई उसले चुनावी एजेण्डा बनाएको छ ।

वाम गठबन्धनलाई आर्थिक विकासका एजेन्डा सुनाउन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सञ्चालक रहेका उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरले समय अभाव भएको भन्दै प्रमुख अतिथि लगायत कसैलाई पनि सम्बोधन नगर्न आग्रह गरे ।

तर, पनि मोरङ व्यपार सङ्घका पूर्वअध्यक्ष ताराचन्द खेतानले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्दै चुनावपछि स्थायी सरकार बन्नेमा आफू ढुक्क भएको बताए । खेतानले ओलीसँग आग्रह गर्दै भने– ‘यसैले नयाँ स्थायी सरकारले पूर्वाधार निर्माण गरेर आर्थिक विकासको ढोका खोलोस् ।

उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष किशोर प्रधानले अब आउने स्थायी सरकार वाम गठबन्धनको बन्न लागेको भन्दै शुभकामना दिए । उनले दाबी गर्दै भने– ‘म दाबीका साथ भन्छु अगामी सरकार केपी ओलीज्यूकै नतृत्वमा बन्ने छ ।’

उद्योगी मोती दुगडले अहिलेसम्म उद्योगी व्यपारीलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्क नभएको भन्दै वाम गठबन्धनले दुई तिहाई बहुमतको सरकार बनाउने बनाए । उनले नयाँ सरकारको नेतृत्व केपी ओलीले नै गर्ने घोषणा गरे ।

उद्योगी हसन अन्सारीले पनि देशको आगामी प्रधानमन्त्री केपी ओली नै हुने दाबी गर्दै सम्बोधन गरे– ‘सम्माननीय प्रधानमन्त्रीज्यू तपाईं नेतृत्व गर्नुहोस् हामी समृद्धिका लागि साथ दिन तयार छौँ ।’

बहसमा आएजस्तै ओली वाम गठबन्धनबाट प्रधानमन्त्रीका दाबेदार भए प्रचण्डको भूमिका के रु कतै ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी दुई नेताबीच भद्र सहमति त बनेको छैन रु सूत्रहरू यसलाई अस्वीकार गर्दैनन् । ओली र प्रचण्डबीच शक्ति बाँडफाँडमा के सहमति भएको छ भन्ने अहिलेसम्म पूरै गोप्य छ । कसैले केही बोलेका छैनन् । उनीहरू वाम गठबन्धन हुँदै पार्टी एकतासम्मको रोडम्यापमा भने हिँडिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्