उम्मेदवारहरु चुनाव चिह्न



सैघाली खबर
दाङ, १९ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका दल एंव स्वतन्त्र उम्मेदवारहरुलाई आईतवार चुनाव चिह्न दिएको छ । विभिन्न दलहरुले आ–आफ्नै चुनाव चिह्न रहे पनि स्वतन्त्र उम्मेदवारहरुले चिह्न रोजेर लगेका छन ।

नाव चिह्न रहे पनि स्वतन्त्र तर्फ वाट उम्मेस्वतन्त्रतर्फ वाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आ–आफ्ना चुनाव चिह्न लिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र तर्फ वाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनावी चिह्न लिएका हुन ।

स्वतन्त्र तर्फवाट क्षेत्र नंं १ वाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका गौर सिं महतले माहुरी, प्रशुनारायण चौधरीले क्रिकेट व्याट र सुरेन्द्र चौधरीले बिरालो लिनुभएको छ । त्यस्तै क्षेत्र नं. १ क वाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका चुडामणि चौधरीले बाख्रो र १ ख वाट स्वतन्त्र उम्मेदवारी दिएका दिकपाल योगील स्कुटर चिनाव चिह्न लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले क्षेत्र नं. २ वाट प्रतिनिधि सभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका बालाराम पौडेलले गुलावको फुल , प्रदेश सभा सदस्यका २ क वाट स्वतन्त्र उम्मेदवारी दिएका विश्वनाथ ज्ञवाली मोवाइल फोन, शोमराज रैदासले जिप र २ ख वाट सिताराम रेग्मीले बाखा लिनुभएको छ । त्यस्तै क्षेत्र नंं . ३ वाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारी दिएका नर वहादुर वंलीले हेल्मेट, बालकृष्ण शर्माले चङगा र यादव भण्डारीले गुलावको फुल र ३ ख वाट स्वतन्त्र उम्मेदवारी दिएका लिलाधर खड्काले भंगेरा लिएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्