राप्रपा प्रजातान्त्रिका शर्माद्धारा उमेद्वारी फिर्ता




सैघाली खबर

दाङ, १९ कार्तिक ।राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट प्रदेशसभामा उम्मेदवारी दिएका इश्वरीप्रसाद शर्माले
आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ । आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि शर्माले दाङ क्षेत्र नम्बर २ (क ) मा राप्रपा प्रजातान्त्रिकको तर्फबाट दिएको आफनो उम्मेदवारी फिर्ता लिएको भन्दै काँग्रेसका उम्मेदवार कमलकिशोर घिमिरेलाई सहयोग गर्ने गरी आफुले उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नु भएका हो । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेले लोकतान्त्रिक शक्तिलाई बिजयी गराउन सहयोग गर्ने राप्रपा प्रजातान्त्रीकका उम्मेदवार ईश्वरीप्रसाद शर्मालाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।

साथै घिमिरेलाई देशको आर्थिक समृद्धि कांग्रेस्बाट मात्र सम्भव हुने भन्दै कम्युनिष्टहरुको एकताले प्राप्त उपलव्धी नै गम्ने खतरा रहेको वताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि दाङ क्षेत्र नम्वर २ प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले नेपालको समृद्धि र प्रगतिका लोकतान्तिक शक्तिको जीत आवश्यक भएको वताउनुभयो । क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेपाल प्रेस युनियन दाङका सचिव देवेन्द्र बस्नेतले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्