क्रियाशील पत्रकारको ब्लड बैकलाई सहयोग



सैघाली खबर
दाङ , १९ कार्तिक । क्रियाशील पत्रकार संघ दाङले तुलसीपुरमा रहेको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैक) लाई सहयोग गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरि आइतवार ब्लड बैकका संयोजक तथा नेपाल रेडक्रस सोसाटीका सभापति नारायण आचार्य लाई १५ थान पलास्टीका कुर्सी सहयोग गरेको हो ।

मानवीय सेवाका लागि स्थापना भएको ब्लड बैकमा पुर्वाधार अभाव देखिएकाले बस्ने १५ वटा कुर्सी सहयोग गरिएको संघका अध्यक्ष गोपाल शर्मा भट्टराईले जानकारी दिए । उनले क्रियाशील पत्रकाहरुले यस वर्षको तिहारमा भैलो खेलेको रकमबाट केहि प्रतिसत सामाजिक क्षेत्रमा लगानी गर्ने पुर्ववत निर्णय अनुसार ब्लड बैकलाई कुर्सी सहयोग गरेको जानकारी दिए । यस अन्तरगत अब बौद्धिक अपाङहरुलाई पनि छिट्टै सहयोग गरिने भएको छ ।

संघका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा रेडक्रस सभापति आचार्यले पत्रकारको सहयोग अपरिहार्य भएको भन्दै यसले अरुलाई पनि सामाजिक कार्यमा लाग्ने प्रेणा दिने वताए । उनले सबैको सहयोगले मात्रै तुलसीपुरमा ब्लड बैक संस्थागत हुने भन्दै यो सहयोगले टेवा पु¥याएको वताए । क्रियाशील पत्रकारहरुले विगतका वर्षदेखि नै सामाजिक उत्तरदायित्वको लागि सामाजिक सेवा गर्दै आइरहेको ले यस वर्ष पनि यो कार्यलाई निरनतरता दिएको सचिव गणेश आचार्यले वताए । उनले यो सहयोगको अभियानलाई निरनतर्ता दिने समेत वताए ।

सामाजिक कार्य गरेर बाकी रहेका रकमले क्रियाशिल पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने आचार्यले वताए । तिहारमा भैलो खेलेर क्रियाशील पत्रकार संघले ९२ हजार रुपैया संकलन गरेको थियो ।कार्यक्रममा स्वागत उपाध्यक्ष सर्मिला डिसी र सहजीकरण सदस्य प्रकाश डागीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्