आलुको प्रयोग खानामा मात्र हैन सौन्र्दयतामा पनि (यस्तो छ प्रयोग विधि)



आलु खाना मात्र नभई अनुहार चम्काउन समेत प्रयोग गर्न सकिन्छ । आलु सामान्यतया प्रत्येक घरको किचनमा उपलब्ध हुने तरकारी हो । यसबाट कसरी अनुहारको चमक र छाला कसिलो बनाउँछ सकिन्छ त ? यसबारे तलको जानकारीलाई फलो गर्नुहोला ।

आलु र अन्डा
आलु र अन्डाको फेस प्याक अनुहारमा लगाउनाले छाला कसिलो हुन्छ । त्यसका लागि आधा टुक्रा आलुको रसमा एउटा अन्डाको सेतो भाग राखेर राम्रोसँग मिसाउने । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाएर २० मिनेट जति सुक्न दिने । त्यसपछि चिसो वा मनतातो पानीले अनुहार सफा गर्ने ।

आलु र बेसार
आलु र बेसारको फेस प्याकको नियमित प्रयोगले छाला सफा र बेदाग बनाउँछ । त्यसका लागि आलुलाई पिसेर त्यसमा एक चिम्टी बेसार राखेर मिसाउने । तयार पेस्ट अनुहारमा लगाएर आधा घन्टा सुक्न दिने । त्यसपछि अनुहार धुने । यसले अनुहार सफा र बेदाग बनाउँछ ।

आलु र मुल्तानी
आलु र मुल्तानी माटो योे फेस प्याकले अनुहारमा निखार ल्याउनुका साथै डन्डिफोर र अनुहार सुन्निने समस्यामा राहत दिन्छ । यो फेस प्याक बनाउन नताछेको आलुको पेस्ट बनाउने र त्यसमा ३ देखि ४ चम्चा मुल्तानी माटो र केही थोपा गुलाब जल राख्ने । यसलाई राम्रो सँग मिक्स गर्ने । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाउने । करिब ३० मिनेटपछि अनुहार धुने ।

आलु र दुध आधा टुक्रा आलुलाई ताछेर त्यसको रस निकाल्न र त्यसमा दुई चम्चा काँचो दुध मिसाउने । सो रसलाई कपासको माध्यमले अनुहार र गर्दनमा लगाउने र २० मिनेटपछि धुने । यो प्याक सातामा ३ दिन नियमित प्रयोग गरे अनुहारमा देखिने फरक अनुभव गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्