चुनावी प्रचारमा सरकारी गाडी



सैघाली खबर
दाङ, १९ कार्तिक ।
आगामी मंसीर २१ गते हुने प्रतिनिध सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुरेन्द्र चौधरीले निर्वाचन आचार संहिता विपरीत नेपाली कांग्रेसको प्रचारमा सरकारी गाडीमाको दुरुपयोग भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन । 

 

निर्वाचन कार्यालय दाङले चुनाव चिन्ह प्रदान गरेपछी लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सुरेन्द्र चौधरीले निवर्तमान सांसद योगेन्द्र चौधरीले निर्वाचन आचार संहिता विपरीत सरकारी गाडीमा नेपाली काङ्ग्रेसको झण्डा टाँगेर प्रचारमा हिडेको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराएका हुन ।

निवर्तमान सांसद योगेन्द्र सुरेन्द्रको भाई हुन । यस अघि नयाँ शक्ति पार्टिको निति अनुसासन विभाग प्रमुख रहेका चौधरीले दुई हप्ता अघि नयाँ शक्ति परित्याग गरेको घोषणा गरेको वताए । चौधरीलाई निर्वाचन कार्यालयले चुनाव चिन्ह विरालो दिएको छ ।

उनले नयाँ शक्ति वैकल्पीक शक्ति नभई पुरानै शक्तिको रुपमा अघि वढेकाले परित्याग गरेको वताए । आफुले लोकतान्त्रीक शक्तिमा विश्वास गर्ने वताउदै चौधरीले देउखुरीको विकासको लागी आफुले स्वतन्त्र उम्मेदवारी दिएको वताए । दाङलाई प्रदेशराजधानी संगै औधोगीक र कृषि क्षेत्रको रुपमा अघि वढाउन दिर्घकालीन योजना रहेको वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्