देवीकोट महायज्ञको सार्वजनिक सुनुवाई, २५ लाख भन्दा बढी बचत गर्न सफल



ओमप्रकाश गुप्ता,सिसहनियाँ। राप्ती गाउँपालिका ४ मझनीगढमा गत मंसिर १२ गते देखि सञ्चालित महायज्ञको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार राप्ती गाउँपालिका ९ देवीकोटमा सम्पन्न भएको छ ।

देवीकोट धार्मिक तथा पर्यटन विकास समिति राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञमा कुल २५ लाख ३२ हजार १ सय ९१ रूपैयाँ बचत गर्न सफल भएको छ । जसमा आम्दानी ५७ लाख ७२ हजार ४ सय १० रूपैयाँ ,खर्च १७ लाख २ हजार ७ सय ५३ रूपैयाँ र १५ लाख ३७ हजार ४ सय ६६ रूपैयाँ उठ्न बाँकी रहेको समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीले जानकारी दिएका छन् ।

समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,२ नम्बर वडा अध्यक्ष जगतबहादुर थापा,८ नम्बर वडा अध्यक्ष गोकर्णबहादुर रानामगर,९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी,जिवराज वली लगायतका वक्ताहरूले बोलेका थिए । कुलराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन हरिप्रसाद भुसालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्