जनकपुरमा फेरी भेटियो शंकास्पद बस्तु



जनकपुरमा फेरी शंकास्पद बस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१ सिता चोकमा शंकास्पद बस्तु फेला परेको हो। मासु बेच्ने पसल अगाडी फेला परेको शंकास्पद बस्तु बम रहेको प्रहरीले आशंका गरेको छ। घटनास्थलमा सुरक्षाकर्मीले घेरा हालेर शंकास्पद बस्तु नजिक सर्वसधारणलाई जान रोक लगाएका छन्। आज विहान करिब ८ बजे स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नेपाली सेनाको बम डिस्पोजल टोली उक्त शंकास्पद बस्तु पहिचान गर्न आइपुगेका छन्। अहिले घटनास्थलमा ठूलो भिड लागेको छ। यसअघि पनि धनुषामा पटक पटक शंकास्पद बस्तु फेला परेपनि नक्कली बम रहेको सेनाले पुष्टि गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्