दाङ कला संस्कृतिको हब बन्छ महरा




सैघाली खबर
दाङ, १९ कार्तिक । उपप्रधान मन्त्री कृष्णबहादुर महराले दाङ कला साँस्कृतिको हबको रुपमा विकास गर्नु पर्ने वताउनु भएको छ । उत्सर्ग फिल्मस् प्रा.ली. ले घोराहीमा आयोजना गरेको लिटिल मिस नेपाल २०७४ की विजेता यांशु श्रेष्ठको बधाई तथा सम्मान कार्यक्रमा बोल्दै यस्तो वताउनु भएको हो । कार्यक्रममा प्रमुख आतिथी समेत रहनु भएका महराले दाङमा विविध कला सँस्कृतिको उद्गम थालेको रुपमा रहेको वताउँदै संस्कृतिले भरिपूर्ण जिल्लालाई साँस्कृतिक हबका विकास गर्नु पर्ने उल्लेख गर्नुभयो ।दाङमा थारु कला सँस्कृतिमा अगाडी रहेको वताउँदै महराले ती कला संस्कृतिकलाई संरक्षण र विकास गर्दै जिल्लालाई समृद्ध बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कला क्षेत्रले दाङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाएको भन्दै उहाँले यसतर्फ लागेका कलाकारहरुलाई स्थायित्व दिन सबैलाई आग्र गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य एवं क्षेत्र नं. २ ख का प्रदेश उम्मेदवार शंकर पोखरेल, नेपाली काँग्रेस क्षेत्र नं. २ का उम्मेदवार राजु खनाल, यांशुका आमा कल्पना श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । कार्यक्रम उत्सर्ग फिल्मस् प्रा.लि. संयोजक केएल पिडीतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्