दुबै ओली द्धारा उम्मेदवारी फिर्ता



सैघाली खबर

घोराही, १९कार्तिक । गायिका कोमल ओली र माओवादी केन्द्रका पोलिब्यूरो सदस्य एवं पूर्व सभासद् कुबेर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । नेकपा एमालेकी नेतृ समेत रहनु भएका ओलीले मुख्य निर्वाचन कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो । दाङ क्षेत्र ३ बाट प्रतिनिधी सभाका लागि आफ्नै पार्टीका उम्मेदवार हिराचन्द्र केसीका विरुद्ध गायिका ओलीले उम्मेदवारी दिनु भएको थियो ।

यस्तै नेकपा माओवादी केन्द्र क्षेत्र नं. ३ क बाट प्रदेश सभाका लागि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कुवेर ओलीले दिनु भएको बागी उम्मेदवारी पनि फिर्ता लिनु भएको छ ।उहाँहरु संगै प्रतिनिधि सभा तथा प्रदेशसभाका लागि उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरुले उमेद्धवारी फिर्ता लिएका छन । यसैगरि क्षेत्र नम्वर २ क का राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उमेदवार इश्वरीप्रसाद शर्मा , क्षेत्र नंं. ३ ख बाट गेदलाल भण्डारी र भूपाल रावत, क्षेत्र नं.२ क वाट रामबहादुर भण्डारी, क्षेत्र नम्वर १ ख मा स्वतन्त्र उमेदवारी दिएका जगनारायण चौधरी र क्षेत्र नम्वर ३ क बाट हरिभक्त भण्डारीले आफ्नो उमेदवारी फिर्ता लिएका मुख्य निर्वाचन कार्यालय दाङले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्