मुलुकको स्थायित्व र समृद्धिका लागि बाम एकता ःप्रचण्ड



सैघाली खबर
चितवन, १९ कार्तिक । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रचण्ड जिताउ अभियानको आज उद्घाटन गर्दै उनले राजनीतिक स्थिरताका लागि वामपन्थीको सरकार हुनु जरुरी रहेको औँल्याए । अहिलेको निर्वाचनले त्यो योजना पूरा हुने भन्दै अध्यक्ष दाहालले त्यसपछि विकासले गति लिने जिकिर गरे ।

कात्तिक १६ गते चितवन क्षेत्र नं ३ को प्रतिनिधि सभामा उम्मेदवारी दर्तापछि चुनावी प्रचार अभियानमा सक्रिय रहनुभएका अध्यक्ष दाहालले कम्युनिष्ट शक्तिको एकताका लागि वाम गठबन्धन गरेको दोहो¥याउनुभयो । उनले यसपटकको पार्टी एकीकरणको प्रयास सफल भएरै छाड्नेसमेत उद्घोष गरे ।

आफूले चितवनमा ठूलो संघर्ष गरेको उल्लेख गर्दै उनले चितवनका जनताले आफूलाई जिताएरै छाड्ने दाबी गरे । जनताले हराएमा स्वीकार गर्न तयार रहेको दाहालको भनाइ थियो । चितवनको विकासलाई प्राथमिकता दिँदै नमूना जिल्ला बनाउने योजना आफूसँग रहेको समेत उनले बताए ।

यसअघि आज बिहान पश्चिम चितवनको चनौलीमा संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै उनले अबको आवश्यकता स्थिर सरकार निर्माण गरी विकासलाई अगाडि बढाउने रहेको बताए ।

उनले सो क्रममा चितवनको विकाससँगै देशकै नेतृत्व गर्ने लक्ष्यसहित चितवनमा आएको समेत बताए । चितवनमा पछिल्लो समयमा चुनावी कार्यक्रम तीव्र हुन थालेका छन् । दाहालको प्रतिस्पर्धीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे छन् । लोकतान्त्रिक गठबन्धनबाट उनी चुनावी मैदानमा छन् ।

‘स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिन्छ। हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं’ प्रचण्डले भने, ‘हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान चाहन्छौं।’ चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने अठोटका साथ अगाडि आएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्