जाडो मौसममा यसरी गर्नुहोस मेकअप हेर्नुहोस



जाडो मौसममा मानिसका छाला खस्रो हुने, छाला सुख्खा भएर फुरुङ्ग देखिने, ओठ फुट्ने हुन्छ । शरीरको तुलनामा बाहिरी वातावरणको तापक्रम कम हुन थालेपछि शरीरबाट तापसँगै आँखाले नदेख्ने तरिकाले पानीको कण पनि बाहिर निस्किरहेको हुन्छ ।

शरीरमा पानीको कमी भएपछि छाला सुख्खा हुने, फुट्ने, ओठ तथा कुर्कुच्चा फुट्ने जस्ता समस्या देखा पर्छ । त्यसैले, जाडोमा मेकअप गर्नुअगाडि अत्यन्तै ध्यान दिनुपर्ने हुन्छ । सानो गल्तीले पनि तपाईंलाई कुरुप बनाउन सक्ने हुँदा मेकअप गर्दा ध्यान दिन आवश्यक हुन्छ । धुवाँधुलोले छाला सुक्खा बनाउने हुँदा मेकअप गर्नुभन्दा अगाडि क्लिन्जिङ गर्दा अनुहार सफा हुन्छ ।

सफा कपडाले अनुहार पुछिसकेपछि टोनरको प्रयोग गर्नुपर्छ । अनुहार पुछ्दा बिस्तारै पुछ्नु पर्छ, रगदीएर पुछ्दा सुख्खा भएको छालाबाट रगतसमेत आउन सक्छ । त्यसपछि, आफ्नो छालाको टोनअनुसार मोस्चराइजर अनिवार्य प्रयोग गर्नुपर्छ । मोस्चराइजर छाला सुक्खा हुनबाट बचाउनुका साथै मेकअपलाई सेट गर्नसमेत मद्दत गर्छ । अन्य मौसमको तुलनामा अलि बढी मोस्चराइजरको प्रयोग गर्नु पर्छ र गरेको ५ मिनेटपछि सन्सक्रिमको प्रयोग गर्नु पर्छ ।

धेरैजसो मानिसहरूलाई सन्सक्रिम गर्मी महिनामा घामको किरणबाट मात्र लगाउनुपर्छ भन्ने थाहा हुन्छ तर, सन्सक्रिमले घाम तथा विभिन्न ग्याजेटहरूबाट निस्किने हानिकारक किरणहरूबाट जोगाएर छालाको क्यान्सर हुनबाट बचाउँछ । दैनिक निस्किनु पर्दा यति मात्र गरेर निस्किए पनि हुन्छ । तर, यदि कुनै पार्टी, विवाह तथा विशेष ठाउँमा जानु परेमा अलि हेभी मेकअप गरेर जान सकिन्छ ।

मेकअपका लागि छालाको टोनअनुसार राम्रो ब्रान्डको फाउन्डेसनको प्रयोग गर्नुपर्छ । छाला धेरैनै सुक्खा हुनेहरूले फाउन्डेसन लगाउनुअघि सेरम, प्राइमरको प्रयोग गर्नुपर्छ । जाडोमा पाउडरको प्रयोग नगर्दा नै राम्रो हुन्छ नत्र छाला अझ सुख्खा हुनसक्छ । गर्नै परेमा कम्प्याक्टको प्रयोग गर्न सकिन्छ । जाडो याममा मेकअप सकेसम्म डार्क गर्नुहुँदैन । आइस्याडो लगाउँदा अनुहारलाई चमक दिने खालको प्रयोग गर्न सकिन्छ ।

आइस्याडो लगाउन मन नपरेको खण्डमा आँखामा पेन्सिल काजल र आइलाइनर लगाउनु सकिन्छ । जाडोमा ओठ निकै फुट्ने हुँदा लिपिस्टिकको प्रयोग गर्नुअघि लिपबाम वा भ्यासलिनको प्रायो गर्न छुटाउनु हुँदैन । लिपिस्टिकले ओठलाई अझ सुख्खा बनाउने काम गर्छ । अन्त्यमा आफुलाई मनपरेमा अनुहारमा ब्लस, हाइलाइटर लगाउन सकिन्छ । मेकअपलाई धेरै समय टिकाउनका लागि मेकअप स्प्रेको प्रयोग गर्न सकिन्छ । मेकअप गरिसकेपछि सुहाउँदो ड्रेसअप र हेयर स्टाइल बनाउन पनि आवश्यक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्