मृत अबस्थामा एक व्यक्ति फेला



सैघाली खबर

दाङ, २० कार्तिक । लमही नगरपालिका वडा नं ६ देउपुर मा एकजना ब्यक्ति मृत अवस्थामा फेला परेको छन् ।लमही नगरपालिका वडा नं ७ कमानपुरमा अन्दाजी ४२ बर्ष का प्रर्देशु चौधरी जुङे मादक पदार्थ सेवन गरेर घर जाने क्रममा जाडोले मृत्यु भएको हुन सक्ने वडा प्रहरी कार्यलय लमही र मृतकका आफन्तहरुले आशंक गरेका छन् ।बाटोमा शब देखेपछि स्थानीयवासिले बिहान ३ बजे प्रहरी लाई खबर गरेका थिए । मृतक प्रर्देशु अत्यधिक मात्रामा रक्सी सेवन गर्ने र काठको कालिगढ पनि हुन् । शव लाइ अहिले लमही अस्पतालको शब गृहमा राखिएको लमही नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गणेशमा चौधरीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्