सार्वजानिक स्थल क्षेत्रमा प्रचार प्रसार गर्न नपाईने



सैघाली खबर
दाङ, २० कार्तिक । कुनै पनि राजनितिक दल वा स्वतँन्त्र उम्मेदवारहरुले सार्वजानिक स्थलमा निर्वाचनका गतिविधि गर्न नपाईने मुृख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमवार निर्वाचन आचार संहित वारे दलहरुको छलफल गर्दै आसन्न निर्वाचन लक्षित गर्दै कुनै सार्वजानिक स्थानमा निर्वाचन गतिविधि गर्न मनाही गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । धार्मिक क्षेत्र, विद्यालय , बसपार्क, सार्वजानिक चौतरीमा जस्ता सार्वजानिक स्थलमा सभा सम्मलेन तथा प्रचार सामाग्री टाँस्न पाईने छैन ।

दलहरु चुनावी प्रचारमा वालवालिकाहरुको प्रयोग, कसै व्यक्ति माथि आघात पुग्ने प्रचार र प्रचारका नाममा अनावश्यक सवारी साधनको प्रयोग गर्न पनि नपाईने मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो । निर्वाचन अपराध सजाय ऐन ०७३ ले यि कार्यहरु लाई प्रतिवन्द गरेकाले दलहरुले नियममा उल्लेख गरे बमोजिम नै प्रचार प्रसार गर्न आग्रह गरेको । आचार संहितामा उल्लेख गरे वमोजिम नै निर्वाचन प्रसार प्रचार गर्न अपिल गर्नुभयो । त्यस्तै निर्वाचन प्रचार प्रसारका लागि निर्वाचन आयोगले सिमित सवारी साधना तोेकेको छ ।

दलहरुको प्रचार प्रसारका लागि आवश्यक भन्दा धेरै सवारी गुडाउने नपाईने जनाएको छ । प्रतिनिधि सभा उम्मेदवारीहरुले प्रचार प्रसारका लागि हलुका चार पाङग्रे सवारी साधन चार वाट र मोटर साईकल चार वटा पाउने व्यावस्था रहेको छ । भन्ने प्रदेश सभा सदस्यहरुले हलुका चार पाङग्रे सवारी साधन २ वटा र मोटरसाईकल २ वटा प्रयोग गर्न पाउने छ ।

त्यस्तै जिल्लाभरका लागि एउटा दलले २ वटा ठुला सवारी साधन प्रयोग गर्न पाउने व्यावस्था रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले नियम विपरित प्रचार प्रसार गर्न नपाईने बताउनु भयो । भने दलहरुले आचार संहितामा रहे निर्वाचन प्रचारप्रसार गर्ने प्रतिवद्धता जनाएका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्