मुख्य समाचार

उज्यालो तुलसीपुर योजना

By थाहा अनलाइन

November 06, 2017

सैघाली खबर दाङ ,२० कार्तिक

दाङको तुलसीपुरलाई सधैका लागि अध्यारो मुक्त बनाउने उदेश्यले ‘उज्यालो तुलसीपुर’ नाम दिएर योजनाको सम्भाव्य अध्ययन गरिएको छ । सौर्य उर्जाको माध्यमबाट सो क्षेत्रमा २४ सै घण्टा विद्युत उपलव्ध गराउने गरी सम्भाव्य अध्ययन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाले उज्यालो नगरका रुपमा विकास गर्नका लागि दिगो ग्रुपको सहकार्यमा सम्भाव्यता अध्ययन गरेको उपमहानगरपालिकाले जनाएको छ ।

ग्रुपका प्राविधिकहरु शिवराम अधिकारी र भरत सापकोटाले तुलसीपुर उपमहानगरपालिकाका आठ वटा सार्वजनिक ठाउँमा सम्भाव्यता अध्ययन गरेको हो । जसमा महेन्द्र मावि,अमर मावि, कोठरी डाँडा, विजौरी, वेलझुण्डी, दुधरास , भ्युडहर सुनपुर, नवदुर्गा सामुदायिक वन, राधा कृष्ण मन्दिरलगायतका ठाउँको सम्भाव्यता अध्ययन गरेको हो । सौर्य उर्जाबाट विद्युत उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गरिएका ठाउँमध्ये तत्काल उपयुक्त ठाउँको छनोट गरेर काम अगाडि वढाइने मेयर धनाश्याम पाण्डेले वताए ।