वर्षाले छेकेन सिसहनियाँ महोत्सव, त्रिपालमुनी उभिएर महोत्सव अवलोकन



ओमप्रकाश गुप्ता, सिसहनियाँ । वर्षाका बाबजुत पनि सिसहनियाँ महोत्सव सञ्चालन भइरहेको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा सञ्चालित प्रथम औधोगिक तथा कृषि व्यापार मेलाको बुधबार सातौँ दिनमा दिउँसो करिव ३ बजे देखि परेको सिमसिमे वर्षालाई छलेर दर्शकहरू त्रिपालमुनि उभिएर पनि महोत्सव अवलोकन गरेका छन् ।

आयोजकले दर्शक र स्टेजमा समेत त्रिपालको व्यवस्था मिलाएपछि वर्षाले समेत महोत्सवलाई रोक्न सकेको छैन । तर चिसो र वर्षाले दर्शकको संख्यामा भने केही कमी आएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । महोत्सवमा बुधबार गायक प्रेम शर्मा र गायिका भुमिका गिरीले आफ्नो प्रस्तुती मार्फत दर्शकहरूलाई मनोरञ्जन दिएका छन् । भने स्थानीय कलाकारहरूले पनि मनोरञ्जन दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्