चिसो बढेपछि सँगै डोटीका विद्यालय एक साताका लागी बन्द



चिसो बढेपछि सँगै डोटीका विद्यालय बन्द गरिएका छन् ।

दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालयहरु एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयहरु शुक्रबारदेखि माघ १ गतेसम्म बन्द रहने निर्णय भएको जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु थापाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मौसम प्रतिकुलताका कारण चिसो अत्यधिक बढ्न गइ विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न तथा पठनपाठन गर्न अति कठिन भएकोले विद्यालय वन्द गर्ने निर्णय भएको छ ।’

चिसोका कारण बालबालिकाहरु बिरामी परेकोले विद्यालय बन्द गर्न केही विद्यालयबाट माग भएको कुरासमेत उल्लेख गरिएको छ । नगर क्षेत्रभित्रका विद्यालयहरु माघ २ गतेदेखि नियमित सञ्चालनमा आउने सूचनामा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्