चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नगरे राष्ट्रपति भडारीविरुद्ध सत्याग्रह गर्ने केसी को चेतावनी



सैघाली खबर
काठमाडौं,२१ कार्तिक


डा. गोविन्द केसीले एक साताभित्र चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भडारीविरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका छन्। लामो समयसम्म अध्यादेश रोकेर राष्ट्रपतिले मुलुकको सर्वोच्च पदकै अवमूल्यन गरेको केसीको आरोप छ। मन्त्रिपरिषद्ले डा।केसीको मागबमोजिम गत कात्तिक ६ मा प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष अध्यादेश पेश गरेको थियो।

केही राजनीतिक दलहरुको स्वार्थजन्य अवरोधका कारण संसदबाट पारित हुन नसकेपछि सरकारले अध्यादेश पेश गरेको थियो। राष्ट्रपतिले संविधानविरुद्ध काम गरे आमनेपालीको स्वस्थ रहन पाउने संविधानप्रदत्तअधिकारको रक्षा गर्न पुनः सत्याग्रह गर्न बाध्य हुने केसीको भनाइ छ। ‘राष्ट्रपतिले अध्यादेश रोक्न मिल्दैन,’ केसीले भने, ‘राष्ट्रपति गैरसंवैधानिक काम गरिराख्नु भएको छ।’ डा।केसीले यसो हुनुमा एमाले र एमाओवादी पार्टीका केही शीर्ष नेता र माफियाको दबाब हुनसक्ने आशंका गर्दै भने, ‘उहाँ कुनै गुट या पार्टीको राष्ट्रपति होइन, नेपालको राष्ट्रपति हो ।’ राष्ट्रपतिका विभिन्न सल्लाहकारहरु समेत एउटा पार्टीको कार्यकर्ता रहेकोले जनतालाई सहज गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउन सघाउने अध्यादेशलाई संविधानको मर्म विपरित अल्झाउन लगाउन हुन सक्ने आशंका उनले व्यक्त गरे।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्