अचम्म लाग्ने मकैका परिकार, खाँदापनि स्वादिष्ट



टेकबहादुर पुन, दाङ्ग । हरियो मकैबाट केक र खिर बन्छ, त्यतीमात्र होईन मःम पनि बन्छ भनेको सुन्दा त झन अचम्म लाग्ला । तर, सत्य यही हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएको ३ बर्ष नाघेको छ । कार्यक्रम लागू भए लगत्तै मकैबाट बन्न सक्ने परिकार हरुको अनुसन्धान थालियो । ३ बर्षको अबधीमा मकैबाट बन्ने परिकार हरुको ब्यबसाय हरुपनि सुरु भएका छन् । बिगत केही बर्षअघि मकैको आटो, ढिडो खाने परिवारलाई गरिबको संज्ञा दिईन्थ्यो । मकैलाई सामान्य तया भुटेर, पोलेर, रोटी, आटो, ढिंडो मात्र बनाएर खान सकिन्छ भन्ने थियो । तर, अब मकै यतिमा मात्र सिमित रहेन ।

हरियो मकैबाट केक, मःम, चिप्स, जुस्, सुप आदी खानेकुरा हरु तयार पार्न सकिने शुक्रबार लमहिमा आयोजित एक कार्यक्रममा जानकारी दिईएको थियो । अहिले त्यही मकैका परिकार बेचेर राप्ती गाउँपालिका वडा नं। ४ पिपरखुट्टी निवासी गोरबहादुर कुमालले मनग्य आम्दानी गर्न थालेका छन् । उनले मकैको मःम, जुस, सुप, केक, चिप्स बेच्छन् । मकैबाट धेरै खाने परिकार बन्ने भएपछि उनले व्यवसाय सुरु गरेको जनाए ।

पहिले पहिले मकैको ढिडो भन्ने बित्तिकै नाक खुम्चाउनु पर्ने अबस्था थियो । गरिबले मकैको आटो, ढिडो खान्छन् भन्ने चलन पनि थियो । तर, मकैबाट धेरै परिकार बन्दो रहेछ, कुमालले भने मलाई मकैको मःम बन्छ भन्ने थाहै थिएन । अहिले त्यही व्यापार गरिरहेको छु ।’

प्रधानमन्त्री कृषि आधुनीकिरण मकै सुपरजोन मार्फत उनले जुनकेरी कृषक समुहबाट मकैको परिकार बनाउने र त्यसलाई व्यवसायीकरण गर्ने अवसर पाएका हुन । राप्ती गाउँपालिका वडा नं। ७ भानपुर निवासी जसोदा चौधरीले मकैको मात्रै परिकार पाइने होटल सञ्चालन गर्ने योजना बनाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोन मार्फत मकैका विभिन्न परिकार बनाउने तालिममा उनिपनि सहभागी थिईन् ।

‘मकैको केक, कुकिज, चिप्स, खिर, मःम सम्म बन्दोरहेछ उनले भने–‘हामीलाई थाहै थिएन मकै त भुटेर, पोलेर मात्रै खान्छन् भन्ने सोच्थे ।’ मकै बहुगुणी खाद्यान्‍न हो भन्दा फरक नपर्ला तर, मकैलाई हेलारी खाद्यान्न भन्ने चलन अझैपनि छ । अन्य बालीको तुलनामा सबैभन्दा सस्तो दररेटमा बिक्रि हुनेपनि मकै नै हो । मकै सुपरजोन दाङ्गका निमित्त अधिकृत पिताम्बर बस्नेत भन्छन् अन्य खाद्यान्नको तुलनामा सबैभन्दा बढी प्रोटिन पाईने खाद्यान्न भनेकै मकै हो । सजिलो बालीको रुपमा मकैलाई चिनिन्छ बस्नेतले भने( यसलाई सुगरका बिरामीले समेत सजिलै खान सक्नुहुन्छ ।ु उनका अनुसार अन्यबाली भन्दा मकैलाई सजिलो र छिटो उत्पादन गर्न सकिन्छ ।

सामान्यतया मकै ९० दिनमा तयार हुन्छ, बर्षको ३ पटक सम्म मकैको उत्पादन गरि भित्र्याउन सकिन्छ बस्नेतले भने । मकै सुपरजोन कार्यक्रम लागू भएपछी मकै प्रती कृषकको आकर्षण पनि बढ्दो छ । बिगतको भन्दा अहिले मकै लगाउने कृषकको सँख्यामा बृद्दि भएको मकै सुपरजोन लमही कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत तथा तालिमका प्रशिक्षक विवेक सुवेदीले मकैबाट घरेलु खाद्य बस्तु मात्रै नभएर आधुनिक पोषणयुक्त खाद्यवस्तु तयार पार्न सकिने बताए ।‘मकैबाट धेरै परिकार बन्छ । नेपालमा मकैको परिकारलाई विविधिकरण गर्न थालिएको छ’ उनले भने–‘हरेक शहर बजारमा मकैको परिकार मात्रै पाउने होटल, पसलहरु पनि राम्रो संग चल्दै आईरहेका छन् ।’

३ दिने तालिम समापन

मकैका परिकार बनाउने सम्बन्धी ३ दिने तालिम शुक्रबार लमहीमा समापन गरिएको छ । मकै सुपरजोनका निमित्त अधिकृत पिताम्वर बस्नेतको अध्यक्षतामा तालिमको समापन गरिएको हो । नेपाल सरकार पशुपन्छी बिकाश मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, दाङ्गको आयोजनामा सञ्चालित ३ दिने तालिममा देउखुरीका ४ पालिकाबाट ४० जना सहभागी थिए । तालिममा कृषि सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थी, ब्यबसायी लगायतको उपस्थिति थियो । सुपरजोन स्तरीय खाद्य गुणस्तर बिषयक मकैका विभिन्न परिकार बनाउने तालिम लिईसकेपछी मकैको परिकार बनाएर विक्रि गर्ने उद्यमीहरुले बताएका छन् ।

उद्यम गर्न चाहने व्यक्तीलाई व्यवसाय गर्न प्राविधिक सहयोग गर्न सकिने बस्नेतले जानकारी दिए । उनले खाद्य बिबिधिकरण गर्न र आम्दानी बढाउन तालिमको आयोजना गरिएको जनाए । कार्यक्रमको सञ्चालन कुसुम भुषालले गरेकि थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्