सैघाली खबर
काठमाडौं,२१ कार्तिक
पचासौं राष्ट्रिय कराते प्रतियोगिता भोलि बुधवारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल कराते महासंघको आयोजनामा शुरु हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ ।
यस अघि कात्तिक २३ गतेदेखि आयोजना गर्ने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले एक दिन अगाडि सारिएको सो प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ) गरी सात टोलीका १८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।