तुलसीपुरको शान्ति शुरक्षामा प्रतिबद्ध छु ः डिएसपी शाही



सैघाली खबर,

तुलसीपुर, २१ कात्तिक।
तुलसीपुर क्षेत्रको शान्ति सुरक्षाका लागि आफु प्रतिबद्ध भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक सुधिरराज शाही बताएका छन् । सोमबार इलाका प्रहरी कार्यालयमा आएका डिएसपी शाहीले मंगलबार तुलसीपुरमा परिचयात्मक कार्यक्रमको आयोजना गरी यस्तो बताएका हुन् ।
उनले प्रदेश र संघको चुनाब नजिकिएको भन्दै चुनाबको समयमा हुन सकने अपराधिक गतिबिधि न्युनिकरण गर्न पहल थालिने बताए । उनले निर्बाचन शान्तिपुर्ण ढंगले सफल बनाउने समेत प्रतिबद्धता जनाए ।
कार्यक्रमा तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष बिरु रावत, पूर्व अध्यक्ष बिमल रिजाल, महिला मानवअधिकार कर्मी सुष्मा गिरी, रासस अंचल प्रमुख नारायणी रजौरे लगाएतले तुलसीपुर क्षेत्र सुरक्षाको दृष्टिकोणले बढी संवेदनशिल भएकाले सुरक्षाअवस्थालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्